बविना किरातीको डान्सिङ गीत ‘तिम्रो नशालु हेराईमा’ सार्वजनिक (भिडियो सहित)



१३ चैत २०७५, काठमाडौं

पुर्वेली गायिका बविना किरातीको आवाजमा डान्सिङ गीत ‘तिम्रो नशालु हेराईमा’ गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । गीतमा युवायुवती विचको प्रेम र आकर्षणलाई मुख्य रुपमा समेटिएको छ ।

दर्शक तथा श्रोता माझमा निकै भावनात्मक गीतहरु बजारमा आइरहेको अवस्थामा यस पटक भन्ने दर्शक तथा स्रोतालाई फरक किसिमको गीत प्रस्तुत गर्न खोजेको गीतका संगीतकार डिआर अटुले बताए ।

आफ्नो प्रेमीको सहारा नै जीवनको अपार खुशीको क्षण भएको कुरालाई गीतमा समेटिएको छ । गीतमा सुष्मा रानाहँमा को शब्द रचना रहेको छ । परदेशी भुमी कोरियामा भएपनी गीत संगीतको मोहको कारणले सो गीतको रचना गरेको उनले बताईन् । प्रस्तुत गीतमा डिआर अटुको संगीत, राजु कार्कीको एरेन्ज तथा दिपेन्द्र भट्टराईको भिडियो सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्