प्रताप र एञ्जिलाको ‘बस बस रे’ युट्युव ट्रेन्डिङ्गको शिर्ष स्थानमा



१३ चैत २०७५, काठमाडौं

नेपाल आईडलबाट नेपाली संगीत क्षेत्रमा उदाएका गायक प्रताप दास र एञ्जिला रेग्मीको स्वर रहेको पछिल्लो गीत ‘बस बस रे’ युट्युव ट्रेन्डिंगको शिर्ष स्थानमा आएको छ ।

कार्टुञ्ज क्रुको फिचरिङ्ग रहेको गीतको भिडियोले रिलिज भएको केही दिनमै युट्युव ट्रेन्डिंगको शिर्ष स्थान हासिल गरेको हो ।

डिपी खनालको शब्द रहेको गीतलाई भिम विसीले संगीत भरेका हुन भने भिडियोमा दि कार्टुञ्ज क्रुका सरोज अधिकारी, लाक्पा डि लामा, राम घले, सुविन चौहान, साजन चौहान, प्रेमा मगर, ईश्वर श्रेष्ठको नृत्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्