
११ चैत २०७५, काठमाडौं
जापानमा बस्ने नेपाली कलाकारहरुको गीत संगीत प्रतिको मोह गज्जबको रहेका छ । बिदेशको व्यस्त दैनिकीका बावजुद पनि नेपाली गीत संगीतको बिकास र बिस्तारमा नेपाली कलाकारहरुले पुर्याएको योगदान ठुलो छ ।
विगत १२ वर्ष देखि जापानमा बस्दै आएका गायक राजिव लामा गायक हुनुका साथ साथै जापानमा हुने धेरै जस्तो नेपाली कार्यक्रमका आयोजक टिमको सदस्य समेत हुन् ।
यसअघि जाऊ जाऊ साथी रेलैमा, वन लभ, टोकियो शहरमा, गीतहरु सार्वजनिक गरिसकेका गायकले यसपटक छुट्टै जनरा लोक–हापमा “कान्छी सुनन” बोलको गीतको लिरिकल भिडियो सार्वजनिक गरेका छन् ।
आफ्नै गाउँ–घर, भिर–पाखा, डाँडा–भञ्ज्याङ् र खोला–नालामा सँगै हुर्केर माया प्रेम साटासाट गरिएको कान्छीलाई गीत मार्फत माया दर्शाएको गीतमा पाउन सकिन्छ । नेपाली ठेट शब्दहरु राखी सिर्जना गरिएको यस गीतमा शब्द, संगीत र स्वर स्वयम गायक राजिव लामाको रहेको छ भने बियट ब्यान्डका र्यापर थुजे दोन्दुपको र्याप समाबेश छ । गीतको एरेन्ज्मेन्ट विशेष पाण्डेले गरेका हुन् ।





