अन्तर्राष्ट्रिय नारीदिवसमा गैरआवसीय नेपाली संघ (एनआरएनए)को सहभागीता



२५ फागुन २०७५, काठमाडौं

१०९ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेपाल सरकार महिला, बालबलिका तथा ज्येष्ठ नागरिक मन्त्राललयले आयोजना गरेको प्रभातफेरी कार्यक्रममा गैरआवसीय नेपाली संघ (एनआरएनए) टोलीको समेत सहभागीता रहेको थियो ।

उक्त प्रभातफेरी पुतली सडक, बागबजार हुँदै भृकुटीमण्डपमा नै गएर कोणसभामा परिणत भएको थियो ।

प्रभात फेरीको सुरुमा नै महिला संयोजक रजनी प्रधानले महिलाका लागि समान अवसर, सामाजिक सुरक्षा, आर्थिक समावेशीता र विभेद रहित व्यवहार हुनुपर्नेमा जोड दिदैँ समान समाज निर्माणका लागि सबैको सोंच र व्यवहारमा पनि समानताको खाँचो औल्याएकी थिईन् । केही सिमित लैंगिक समानताको प्रगती भएता पनि सबै क्षेत्रमा समानता प्रत्याभूत हुने गरी समान अवसर समान सहभागिता र समान पहुँचमा नेपाल सरकार लगायत सरोकारवालाहरुले ध्यान दिनुपर्ने उनको भनाई रहेको थियो ।

“लैंगिक समानताका लागि समान सोच र व्यवहार : समृद्धिको आधार (Think Equal, Build Smart, Innovate for Change) भन्ने राष्ट्रिय नाराका साथ आयोजना गरिएको र्यालीमा सहभागी संघसंस्थाहरुले ‘महिला हिंसा अन्त्य गरौ’ जस्ता महिला हिंसा विरुद्ध लेखिएका प्लेकार्ड बोकेका थिए ।

आजको समारोहमा महिला हिंसा अन्त्य गर्ने बारे प्रतिबद्धता गरिएको व्यानरमा गैरआवासीय नेपाली संघ महिला फोरमका संयोजक रजनी प्रधानले हस्ताक्षर गरेका थिए ।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर संघको महिला फोरम तथा रक्त संचार उपसमितिको सहयोगमा रत्नपार्क स्थित शान्तीबाटीकामा रक्तदान कार्यक्रमको समेत आयोजना गरिएको थियो ।

कार्यक्रममा ३० जना भन्दा बढी व्यक्तिहरुले रक्तदान गरेका थिए । रक्तदान गरेकाहरुलाई संघका महिला संयोजक रजनी प्रधानले प्रमाण पत्र वितरण गर्नुका साथै सहभागीहरुलाई आभार प्रकट गरेकी थिईन ।

उनले महिला फोरमद्वारा यस्तो कार्यक्रम पहिलो चोटी आयोजना भएको र भविष्यमा पनि यसलाई निरन्तर दिने बताईन ।

नेपालकी चर्चित गायिका इन्दिरा जोशीले समेत कार्यक्रम सहभागीता जनाई हौंसला प्रदान गरेकी थिईन् ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ महिला संयोजक रजनी प्रधान, स्पेनका आइसिसि सदस्य शितल भूर्तेल, एनआरएन जर्मनीका इम्प्रेस सिंह लगायत विभिन्न मुलुकका गैरआवासीय नेपालीहरु र सचिवालयका कर्माचारीहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्