
२० फागुन २०७५, काठमाडौं
करिव २ वर्षपछि गायक संजीव खरेलले आफ्नो नयाँ गीत “बादल” लिएर स्रोता दर्शक माझ आएका छन् । यसअघि उनले “मेरो मायामा” बोलको गीत सार्वजनिक गरिसकेका छन् । बादल बोलको नयाँ गीतमा उनको आफ्नै एकल स्वर, शब्द र संगीत रहेको छ । गीतको एरेन्जमेन्ट गोपाल रसाइलीले गरेका हुन् ।
रमाइलो ठाउँमा शुट गरिएको गीतको भिडियोलाई बुद्ध लामाले खिचेको हुन भने सुप्रिम पराजुलीले भिडियो सम्पादन गरेका हुन् । श्रेया कार्की र अनुराग ठकुरीको अभिनय रहेको यस गीतको भिडियोलाई अर्जुन तिवारी तथा अन्नपूर्ण फिल्म्सको टिमको निर्देशनमा तयार भएको हो । भिडियो संजीव खरेलको अफिसिएल युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ ।





