अमेरिकामा गैर आवासीय नेपालीको चुनावी चहलपहल बढ्दै



१८ फागुन २०७५, काठमाण्डौ

गैर आवासीय नेपाली संघ अमेरिकाको चुनावी चहलपहल बढ्न थालेको छ। अध्यक्ष पदको प्रत्यासीको रुपमा ५ जनाको चर्चा चुलिए सँगै नेपालीभाषी बसोबास गर्ने शहरमा छलफल हुन थालेको छ।

गैर आवासीय नेपाली संघको वर्तमान कार्यसमितिमा रहेका निकै प्रभावशाली सदस्यहरुले यसपटकको निर्वाचनमा आफूलाई अध्यक्षको प्रत्यासी बनाउँदा चुनावी परिणामबारे आँकलन गर्न गाह्रो भएको अमेरिकी गैर आवासीय नेपालीहरुको भनाई सुन्न थालिएको छ।

अझ रोचक पाटो त के छ भने २००६ देखि समाजसेवामा लागेका न्यूओर्क निवासी संजय थापा हुन् वा टेक्सास बसी अमेरिकामा बसोबास गर्ने तराईबासी नेपालीहरुवीच लोकप्रिय सुनिल शाहका साथै सूर्य लम्साल, डा. अर्जुन बन्जाडे, विनोद तिवारी सबैजसो समाजसेवामा निरन्तर क्रियाशील नामहरुमा नै पर्दछन। त्यसैले अमेरिकी नेपालीहरुले आफ्नो समुदायको हक हित बोल्ने र बढी काम गर्ने नेता छान्न त्यति सहज देखिदैन।

अन्य उम्मेद्वारले आफ्नो अध्यक्ष प्रत्यासीको उम्मेद्वारी घोषणा गरेका भएपनि न्यूओर्कवासी संजय थापाले भने यहि सप्ताहन्तमा उम्मेद्वारी घोषणा गर्ने बुझिएको छ। गैर आवासीय नेपालीहरुको आउँदो चुनाव केन्द्रीत भएर परिवर्तन खबरले नियमित समाचार, विचार र फिचर प्रकाशन गर्ने भएकोले उम्मेद्वार बन्न चाहने वा उम्मेद्वारी घोषणा गर्नु भएकाहरुले आफ्ना गतिविधि बारेको समाचार पठाई सहयोग गरिदिनु हुन समेत अनुरोध गर्दछौँ।

प्रतिक्रिया दिनुहोस्