नामाकरण रवीन्द्र अधिकारी विमानस्थल हुनैपर्छ ! शेयर गरौ, नागरिक दवाब सिर्जना गरौँ



१८ फागुन २०७५, शनिबार

रविन्द्र अधिकारी युवा पुस्ताका आईकन थिए। राष्ट्रियताको मुद्दा होस् वा विधार्थी अधिकारको मुद्दा- उनले कहिल्यै दोश्रो हुने काम नै गरेनन्। आज गर्वका साथ विधार्थी परिचय पत्रको सदुपयोग गर्दै सार्वजानिक यातायातामा छुट लिने लाखौँ विधार्थीहरु उनकै योगदानले सुविधा लिइरहेका छन्।

त्यति मात्र होईन, विकास समितिको नेतृत्व गर्दा उनले देखाएको दुरदृष्टिले नै उनी सबैका प्रिय बनिरहे। उनका गौरवशाली र प्रेरणादायी कामको सम्मान गर्दै पोखरेली जनताले निरन्तर मनपराए। त्यसैले चुनावी मैदानमा समेत उनले कहिल्यै दोश्रो बन्नु परेन।

नेपाली पर्यटन विकासको क्षेत्रमा छोटो समयमा निकै राम्रा काम गरेका रविन्द्रकै पहलमा पोखरा विमानस्थलले निर्माणमा निकै गति लिएको छ। विकासवादी राष्ट्रिय नेताका रुपमा परिचय बनाएका रवीन्द्रको स्मृतिमा उनकै गृहजिल्लामा निर्माणाधीन विमानस्थलको नाम रविन्द्र अधिकारी विमानस्थल राख्दा उनी प्रतिको ठूलो सम्मान हुनेछ। पोखराको गर्व बन्नेछ। पार्टी कार्यकर्ता मात्र नभई विकासप्रेमीहरुको समेत सम्मान गरेको ठहर्ने छ।

आफ्नै जन्मभूमीमा रवीन्द्रको दाहा संस्कार सकिएसँगै नेकपाका नेतादेखि कार्यकर्तासम्म, उनलाई मनपराउने नागरिक सम्मले पोखरा विमानस्थललाई रविन्द्र अधिकारी विमान स्थल बनाउनु पर्नेमा जोड दिन थालेका छन्।

नेकपाका पोलिटब्युरो सदस्य युवराज कार्की लेख्छन् :

अनेरास्ववियुका केन्द्रीय सदस्य बसन्त न्यौपाने लेख्छन् :

भेषराज ढकाल लेख्छन् :

पोखरेली जनताले सर्वाधिक मन पराएका अधिकारीको सम्मान स्वरूप विमानस्थलको नाम फेर्न अब सामाजिक दवाब बढाउनु पर्ने देखिन्छ। सबैतिर कम्युनिष्ट सरकार भएको समयमा पनि नामफेर्ने विषयमा सरकारले आनाकानी गर्ने हो भने देशको लागि जीवन दिनेलाई राज्यले के नै गर्छ भन्ने गलत सन्देश जानेछ। आशा छ, स्थानीय, प्रदेश र संघीय सरकारले यस विषयमा समयमानै ध्यान दिई आम नागरिकको भावनाको कदर गर्नेछ।

संधै हँसिलो अनुहारमा देखिने रवीन्द्रले हाँसेरै तीनपटक पोखरावासीको मन जिते। जीवनको निकै समय देश विकासमा लगाउन सक्ने एउटा राष्ट्रिय नेताले लाखौँ नेपालीलाई रुवाएर विदा भए। अझ पोखरेलीहरुलाई निकै रुवाए। आजको पीडादायी घडीमा केहि राहत दिनपनि सरकारले रवीन्द्रको सम्मान स्वरुप विमान स्थलको नामाकरण उनको नाममा गरोस्।

रवीन्द्रको निधनमा शोक वक्तब्य निकाल्ने सहयात्रीहरूले अब विमानस्थलको नामाकरण गराउन पनि विज्ञप्ति निकाल्ने हो भने सरकारले नागरिक दवावलाई कसरी थेग्न सक्छ र ?

यो पनि पढ्नुहोस् :

जागे पोखराका पर्यटन व्यवसायी ! रवीन्द्र अन्तर्राष्ट्रिय विमानस्थल नामाकरण गर्न माग

प्रतिक्रिया दिनुहोस्