
१२ फागुन २०७५, काठमाडौं
यहि फागुन १७ गते गायक संजीव खरेलले आफ्नो नयाँ म्युजिक भिडियो बादल सार्वजनिक गर्ने भएका छन् । यस गीतमा उनको आफ्नै एकल स्वर, शब्द र संगीत रहेको छ । यस गीतको एरेन्जमेन्ट गोपाल रसाइलीले गरेका हुन् ।
रमाइलो ठाउँमा शुट गरिएको गीतको भिडियोलाई बुद्ध लामाले खिचेको हुन् भने सुप्रीम पराजुलीले भिडियो सम्पादन गरेका हुन् । श्रेया कार्की र अनुराग ठकुरीको अभिनय रहेको यस गीतको भिडियोलाई अर्जुन तिवारी तथा अन्नपूर्ण फिल्म्सको टिमको निर्देशनमा तयार भएको हो ।

भिडियो गायक संजीव खरेलको अफिसिएल युट्युव च्यानल मार्फत रिलिज हुनेछ ।





