
११ फागुन २०७५, काठमाडौं
नेपालमा रेल आउने कुरा राजनीतिक दलका नेताबाट धेरै पटक भएका छन् । बेला बखतमा रेल आउने बारेमा चर्चा र बहस भए पनि वास्तविकतामा रेल भने अहिलेसम्म आएको छैन् । गीत संगीत समाजको दर्पण हो भनिन्छ देखेका भोगेका कुराहरु गीतका संगीतका माध्यमबाट कलाकारहरुले प्रस्तुत गरिरहेका हुन्छन् ।
गायक सुलभ लोहनीले मोनो रेल र मेट्रो रेल बोलको नयाँ गीत डिजिटल बजारमा सार्वजनिक गरेका छन् । यस गीतमा शब्द, संगीत र स्वर स्वयम् गायक सुलभ लोहनीको रहेको छ । गीतको एरेन्जमेन्ट चेतन कार्कीले गरेका हुन भने सुनिता मल्लले यस गीतको निर्माणमा सहयोग गरेकी हुन् । स्मरण रहोस यसअघि उनले “झरी पर्यो” बोलको गीत सार्वजनिक गरिसकेका छन् ।





