
१० फागुन २०७५, काठमाडौं
भनिन्छ संगीतको कुनै भाषा हुँदैन । भाषा नबुझेपनि हामी विभिन्न देशका संगीत सुनिराखेका हुन्छौं किनकि तेस्ले मनमा आनन्द दिन्छ । हामी कहाँ हिन्दी गीतको प्रभाव ठूलो छ उताको गीत संगीत र फिल्मका हामी धेरै फ्यान नै छौं । अब समय फेरिएको छ अरु देशका संगीतकर्मी अब आफ्नो स्रोता खोज्दै नेपालमा आउने कर्म बढ्दैछ । त्यति मात्रै होइन अब आफ्नो सिर्जनालाई नेपाली स्रोता माझ पुर्याउन उनीहरु प्रयासरत छन् ।
हाल अमेरिका रहेका पाकिस्तानी मुलका गायक, रचनाकार र म्युजिक प्रोड्युसर नोभिन मौरिसले आफ्नो नयाँ म्युजिक भिडियो “तेरे पिछे” सार्वजनिक गरेका छन् । उनको आफ्नै युट्युव च्यानल मार्फत सार्वजनिक यस गीतमा उनको आफ्नै स्वर रहेको छ भने यस गीतमा र्याप आइजेको रहेको छ । गीतमा शब्द र संगीत आशिक मुसिकको रहेको छ ।

नोभिन गायक मात्रै नभएर एक राम्रो प्रफोमिङ आर्टिस्ट पनि हुन् उनले बलिउडका चर्चित कलाकार मिका सिंह, प्रीतम, सुश्मिता सेन लगायतका कलाकारसँग स्टेज शेयर गरिसकेका छन् । आगामी दिनमा नेपाली कलाकारसँग पनि सहकार्य गरेर अघि बढ्ने उनको सोच छ ।





