
०९ फागुन २०७५, काठमाडौं
भिडियो रिलिजको छोटो समय अवधिमा गायक सुदन गैरेको नयाँ म्युजिक भिडियो “सानी”ले दर्शक स्रोताको मन जितेको छ ।

हालसम्म यस गीतको भिडियोलाई १० लाख बढी दर्शकले युट्युवमा हेरिसकेका छन् । गायक सुदन गैरे र भिडियो निर्देशक सुब्रत राज आचार्यले फेसबुकमा खुशी साट्दै सम्पुर्ण दर्शक स्रोता र टिमलाई धन्यवाद दिएका छन् ।
गायक गैरेको कमब्याक गीतको रूपमा धेरै स्रोता माझ चिनाउन सफल यस गीतमा उनको आफ्नै एकल स्वर र संगीत रहेको छ । गीतमा शब्द प्रतिमा शर्माको रहेको छ भने आशिष अविरलको संगीत सयोजन रहेको छ ।
उत्सव दहालले खिचेको यस गीतको भिडियोलाई गम्भीर बिष्टले कोरियोग्राफ गरेका हुन् । म्युजिक भिडियो र फिल्ममा चर्चित कलाकार पल शाह र एलिशा राईको अभिनय भिडियोमा देख्न सकिन्छ । सुब्रत राज आचार्यको कन्सेप्ट र निर्देशनमा गीतको भिडियो तयार भएको हो ।





