आलिया दीपिकाका लागि चुनौती



नायिका दीपिका पादुकोण र आलिया भट्ट बलिउड नगरीका स्थापित नामहरु हुन । २०१८ मा दीपिका पादुकोणको ‘पद्मावत’ र आलिया भट्टको ’राजी’ प्रदर्शनमा आयो । ‘पद्मावत’बाट दीपिकाले राम्रै प्रशंसा पाइन् भने ‘राजी’बाट आलियाको चर्चा निकै चुलियो । सरसरती हेर्दा यतीबेला दीपिका भन्दा आलियाको लोकप्रियता र क्रज बढी देखियो । यस संगै नायिका आलिया अहिलेकी नम्बर १ नायिका दीपिका पादुकोणको लागि चुनौती बनिरहेकी छिन्

बलिउड स्थापित निर्देशक संजयलीला भंसाली ले लगातार तीन सफल चलचित्रमा दीपिकासँग काम गरेका थिए । तर उनको आगामी चलचित्रमा नायिका अलिया भट्टले काम गर्न लागेको खबर चर्चामा छ । संजयले दीपिकालाई लिएर ‘रामलीला’, ‘बाजीराओ मस्तानी’ र ‘पद्मावत’ जस्ता चलचित्र बनाएका थिए । तर अहिले भंसाली आफ्नो नयाँ प्रोजेक्टमा आलियालाई लिने तयारीमा छन् । भंसाली र आलियाले काम गर्ने पक्का भएको त छैन । तर, भंसाली आलियालाई लिएर गम्भिर रहेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

दीपिकाले बिहे गरेर नयाँ जीवन सुरु गरिसकेको अवस्थामा अब उनलाई नयाँ पुस्ताका नायिकाले रिप्लेस गर्न लागेको टिप्पणी गर्न थालिएको छ । दीपिकाको यो बर्ष कुनै पनि चलचित्र रिलिज हुने संकेत देखिएको छैन ।

प्रतिक्रिया दिनुहोस्