मौरीको विषले एचआइभी र क्यान्सर जस्ता अत्यन्तै भयंकर, डरलाग्दा रोगको उपचार हुन सक्ने !



०७ फागुन २०७५, काठमाडौँ

खुकुरीको चोट अचानोलाई थाहा हुन्छ, यो नेपाली उखान हो । यो उखानले भने जस्तै मौरीको टोकाइको पीडा त्यसले टोकेको मानिसलाई मात्रै थाहा हुन्छ ।

मौरीले टोकेपछि, अझ भनौं चिलेपछि हामीलाई असह्य पीडा हुन्छ, टोकेको वरिपरि भाग सुन्निएर आउँछ । कैंयन दिनसम्म जीवन अत्यन्तै कष्टकर हुन्छ ।

मौरीले टोकेपछि सुन्निनु, अत्यन्तै पीडा हुनुको खास कारण चाहिँ मौरीको टोकाइपछि हाम्रो शरीरमा प्रवेश गर्ने विष नै हो । नामै त विष, त्यसमाथि त्यसले दिने पीडा र सुन्नाइ, हामीमध्ये कोही पनि मौरीको विषको नामै लिन पनि चाहन्नौं होला ।

यो कुनै हावादारी गफ वा दावी होइन । यो दावी हो वैज्ञानिकहरुको । उनीहरुले पत्ता लगाएका छन् । मौरीको विष एचआईभी र क्यान्सर जस्ता अत्यन्तै भयंकर, डरलाग्दा रोगको उपचारमा प्रभावकारी हुन सक्छ ।

मौरीको विषमा पाइने विषालु तत्व मिलेटिन (भष्तितष्ल) ले एचआइभीको भाइरसलाई नष्ट पारिदिन सक्छ ।

लामो समयको अनुसन्धानपछि मिलेटिनमा एचआइभी र अन्य भाइरसलाई नष्ट गर्ने खुबी रहेको वैज्ञानिकहरुले पत्ता लगाएका छन् ।

हाम्रो शरीरमा हुने प्रतिक्षा प्रणालीको मुख्य काम रोगका किटाणुहरुलाई मारेर शरीरको रक्षा गर्नु हो । तर कहिलेकाहीँ शरीरको त्यही प्रतिरक्षा प्रणाली पनि हाम्रो शत्रु बन्न पुग्छ ।

खासगरी त्यसमा आउने गडबढीका कारण शरीरको प्रतिरक्षा प्रणालीले आफूले रक्षा गर्नुपर्ने शरीरका अंगहरुलाई पनि शत्रुको रुपमा चिन्न र त्यसलाई नष्ट गर्ने प्रक्रियामा आफूलाई सक्रिय गराउँछ ।

शरीरको प्रतिरक्षा प्रणाली चाहिनेभन्दा बढी मात्रामा सक्रिय हुने तथा त्यस खालका गडबढीमा पनि ममौरीको विषमा पाइने त्यो मिलेटिनले हामीलाई बचाउन भूमिका खेल्ने कुरा अनुसन्धानकर्ताहरुले पत्ता लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्