कम वितरण जलविद्युत कम्पनीहरूको सेयर



०५ फागुन २०७५, काठमाडौँ

सरकारले सर्वसाधारण जनताबाट रकम उठाएर जलविद्युत आयोजनाहरू बनाउने कार्यक्रम ल्याउँदै गर्दा सर्वसाधारण भने जलविद्युतको सेयरमा अनिच्छुक हुँदै गएका छन् ।

युनिभर्सल पावर कम्पनीले निश्कासन गरेको प्राथमिक सेयर तोकिएको पहिलो अवधि (माघ २९) भित्र विक्री हुन नसकेपछि समय थप गरिएको छ ।

अब फागुन २६ गतेको अन्तिम समयावधिभित्र रहेर पूरा सेयर विक्री नहुन्जेलसम्म खुला रहने विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।

क्यापिटलका मर्चेन्ट बैंकिङ प्रमुख सुजनबाबु अधिकारीले सेयर संख्या बढी भएका कारण तोकिएको पहिलो अवधिमा सम्पूर्ण सेयर विक्री नभएको जानकारी दिए ।

उनका अनुसार अझै २ लाख १६ हजार कित्ता सेयरका लागि आवेदन पर्न बाँकी छ । आयोजनाले कुल ८६ करोड ७४ लाख रुपैयाँको सर्वसाधारण सेयर जारी गरेर पुँजी जुटाउन थालेको हो ।

कम्पनीले दोलखाको तल्लो खारेखोलामा ११ मेगावाट क्षमताको आयोजना बनाइरहेको छ ।
त्यसअघि पाँचथर पावर कम्पनीले आयोजना प्रभावितका लागि निश्कासन गरेको आइपिओ पनि ८० प्रतिशत बिक्न सकेन ।

दोस्रो बजारमा २४ वटा जलविद्युत कम्पनी सूचीकृत भएकोमा १० वटा कम्पनीको सेयर मूल्य १ सय रुपैयाँभन्दा तल छ ।
सेयर बजारमा सूचीकृतमध्ये सबैभन्दा ठूलो आयोजनाको माथिल्लो तामाकोसी (४५६ मेगावाट)को सेयर मूल्य निरन्तर ओरालो लागेको छ ।

ठीक एक महिनाअघि प्रतिकित्ता ३४२ रुपैयाँसम्म पुगेको सेयर मूल्य बिहीबार २२८ रुपैयाँमा झरेको छ । यसअघि बुटवल पावर कम्पनीले निश्कासन गरेको एफपिओबाट पनि धेरै लगानीकर्ता तर्सिए ।

प्रतिमेगावाट १४ र १५ करोड रुपैयाँमा बन्न सक्ने आयोजनाको लागत २५ र २६ करोड पुर्याइने गरेको उनले आरोप लगाए ।

आयोजनाको लागत उच्च हुँदा प्रतिफलमा प्रत्यक्ष असर पर्ने भएकाले जलविद्युत कम्पनीका सेयरमा लगानीकर्ताको रुची घटेको फुल्लेलको तर्क छ ।

अर्कोतर्फ जलविद्युत कम्पनीहरूको नियामक निकाय नहुनुले पनि लगानीकर्ता सशंकित हुने गरेको उनले बताए ।

‘निर्माण लागत जति गराए पनि हुने, नियमन छैन, अनि प्रतिफल पाउने कहिले?’ फुल्लेलले भने । भइरहेका आयोजनाहरूको समेत खर्च अत्यधिक हुने गरेको लगानीकर्ताको बुझाइ छ ।

बैंक तथा वित्तीय संस्थाहरूको नाफा बढ्दै जाँदा चिलिमेसहित केही जलविद्युत कम्पनीको नाफा भने घटेको छ ।
हालै सेयर जारी भएका आयोजनाले पनि लाभांश दिन अझै ५ र ६ वर्ष लाग्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्