काठमाडौंमा राष्ट्रिय परिवार योजना सम्मेलन



०३ फागुन २०७५, काठमाडौँ

आउँदो चैत्र ४ र ५ गते काठमाडौंमा राष्ट्रिय परिवार योजना सम्मेलन हुने भएको छ ।

‘परिवार योजना सेवाको पहुँच बाहिर परेकाहरुलाई समेट्ने’ सम्मेलनको उदेश्य रहेको छ ।

आज स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले पत्रकार सम्मेलन गर्दै परिवार योजना सम्मेलन आयोजना गर्न लागिएको जनाएको छ ।

दुई दिन हुने उक्त सम्मेलनमा २० संघ–संस्थाले सहयोग र सहभागिता जनाउने आयोजकको भनाई छ ।

सम्मेलनको लागि ६० देखि ७० लाख खर्च हुने सरकारको अनुमान रहेको छ ।

नेपालमा परिवार योजनाको साधान प्रयोग गर्नेमा ५३ प्रतिशत रहे पनि आधनुनिक साधन प्रयोग गर्नेमा ४३ प्रतिशत मात्रै रहेको महाशाखाले जनाएको छ ।

यो दर केही समयदेखि स्थिर अवस्थामा रहेको छ । अझै सम्म पनि किशोर–किशोरी तथा युवा, सुत्केरी महिला, गरिब तथा सीमान्तकृत समुदाय अझैसम्म पनि परिवार योजनाको साधान प्रयोग गर्नबाट बञ्चित रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्