चर्चामा गायक सुदन गैरेको “सानी” (भिडियो सहित)



२८ माघ २०७५, काठमाडौं

नेपाली मुभी, म्युजिकको क्षेत्र ठूलो छैन यो सानो क्षेत्रमा कलाकारितामा लाग्ने कलाकारको संख्या भने ठूलो छ । कति रहर गरेर आउँछ्न त कति करियर बनाउने सोचका साथ आएका हुन्छन् । कति यो क्षेत्रमा हराउँछन अनि कति भने  टिकिरहन्छ्न । बेला–बेला प्रतिभा पलायनको कुरा पनि यो क्षेत्रमा आउँछ कति आफ्नो सपनालाई मारेर बाहिरिन्छन र उतै हराउँछन् । देश बाहिर रहेर पनि देशको कला संगीतलाई माया गर्ने स्रोता र कलाकार देश बाहिर पनि धेरै छन् ।

सुदन गैरे नेपाली म्युजिक इण्डष्ट्रीमा नयाँ नाम पक्कै होइन । बिगत ८ वर्षदेखि अमेरिकामा बसिरहेका यी गायकलाई गीत संगीतमा सानै देखि रुचि थियो । काठमाडौमा फाइन आर्ट कलेज पढ्दा नै उनले आफ्नो म्युजिकल करिएर सुरुवात गरेका थिए । यसअघि ३ वटा म्युजिक एल्बम सार्वजनिक गरिसकेका यी गायकले केही वर्ष यता सोलो गीतहरु सार्वजनिक गर्दै आईरहेका छ्न् ।

केही दिन अघि डिजिटल बजारमा सार्वजनिक भएको उनको नयाँ गीत “सानी”  लाई दर्शकले माया र साथ दिएका छन् । उनको आफ्नै एकल स्वर र संगीत रहेको यस गीतमा प्रतिमा शर्माको शब्द रहेको छ भने आशिष अविरलको संगीत सयोजन रहेको छ । उत्सव दहालले खिचेको यस गीतको भिडियोलाई गम्भीर बिष्टले कोरियोगार्फ गरेका हुन । म्युजिक भिडियो र फिल्ममा चर्चित कलाकार पल शाह र एलिशा राईको अभिनय भिडियोमा देख्न सकिन्छ । सुब्रत राज आचार्यको कन्सेप्ट र निर्देशनमा गीतको भिडियो तयार भएको हो ।

प्रतिक्रिया दिनुहोस्