मानवअधिकार आयोगको टोली छलफलका लागि दिल्लीमा



२६ माघ २०७५, काठमाडौं

राष्ट्रिय मानवअधिकार आयोग टोलीले मानव तस्करी र भारतमा रहेका प्रवासी आप्रवासी नेपालीको सुरक्षाका विषयमा भारतीय सहयोगको अपेक्षा गरेको छ । आयोग टोलीले दुवै मुलुकको साझा समस्या सल्टाउनका लागि रणनीति तय गर्न छलफल गरेको दूतावासका अधिकारीको भनाइ छ ।

भारतीय मानवअधिकार आयोगका अध्यक्ष जस्टिन एचएल दत्तुलगायत पदाधिकारीसँग आयोग सदस्य सुदीप पाठक नेतृत्वको टोलीले छलफल गरेको हो । आआफ्ना कामको अनुभव आदानप्रदानका साथै सहकार्यको क्षेत्र बारे छलफल भएको पाठकले बताए । ‘दुवै मुलुकले अपनाएका उत्कृष्ट अभ्यासबाट एकअर्काले कसरी लाभ लिन सकिन्छ भन्ने विषयमा छलफल भयो,’ उनले भने । यो समाचार आशा थपलियाले अन्नपूर्णमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्