साहित्यले जन्माएका ‘निमेष’ ! साहित्यमै हुर्किदैँ !(भिडियो सहित)



२५ माघ २०७५, काठमाडौं

“संवेदनशील रचनाकारको जीवन र जगतप्रतिको रागात्मक र वैचारिक प्रतिक्रियाको परिमाण हो, ‘साहित्य’ !”

अनि साहित्यकार ति हुन्, जसले साहित्यभित्र अटाएका ति सुन्दर वस्तुहरुलाई अनि कुराहरुमा सौन्दर्य भरेर अरुको समेत मन अनि मस्तिष्कलाई आकर्षण गर्ने सक्ने हैसियत राख्दछन् ।

पछिल्लो समयमा नेपाली साहित्यले नयाँ नयाँ साहित्यिक कृति अनि असाधारण साहित्यकारहरुलाई जन्माईरहेको छ । यो क्रम चल्नु नेपाली समुदायका लागि सकारात्मक पाटो हुन आउँछ ।

नेपाली साहित्य आकाशमा नयाँ नयाँ आयामहरु आईरहेका छन् । नयाँ नयाँ चट्नी चखाईरहेका छन् । नयाँ नयाँ साहित्यकारहरुले । धेरै असाधारण साहित्यकारहरुले नयाँ कृतिहरुलाई जन्म दिईरहेका छन् ।

अनि नेपाली साहित्यले जन्म दिएका एक छोरा हुन् ‘निमेष पौडेल

धेरै जन्मेका छन्, यहाँ साहित्यकारहरु, धेरैले जन्म लिएका छन्, साहित्यको कोखमा !

यिनै साहित्यकारहरुको भिडबाट साहित्यमा चम्किएका एक, साहित्यिक योद्धा हुन, ‘निमेष’

२१ वर्षको उमेरमा दुईवटा आख्यान विधामा हाम फालिसकेका ‘निमेष’ साँच्चै यस्तो लाग्छ, उनलाई साहित्यले नै जन्म दिएका हुन् ।

गत दुईवर्ष अगाडी नै उपन्यास ‘फाइभ मन्थ्स्’ आम–पाठकहरुको हातमा थमाएका उनले यो सिजनमा पनि अर्को एक उत्कृष्ट उपन्यास थमाउने सोचमा मग्न छन् ।

उनी सुनाउँछन् “मेरो पहिलो कृतिका रुपमा आएको उपन्यास ‘फाइभ मन्थ्स्’ले नै मलाई यत्ति सफलता दियो, मलाई धेरै खुशी लाग्छ । यो एउटा उपन्यासले मलाई नेपाली साहित्यिक आकाशमा उडाएको छ ।”

“फाइभ मन्थ्स्’को मेरो दोस्रो संस्करण पनि सकिसकेको छ । यसले नै मलाई साहित्यिक खुशीहरु दिलाएको छ, झनै साहित्य सिर्जनामा हौसला बढेको छ ।” उनी थप्छन् ।

२०७४ कार्तिक ११ मा नै एक सफल उपन्यास ‘फाइभ मन्थ्स्’ लोकार्पण गरिसकेका उनी भन्छन्, ‘जीवनलाई अझै लेखमा नै व्यतीत गर्छु ।’
‘हुने विरुवाको चिल्लो पात’भन्ने नेपाली उखानका ज्वलन्त एक तात्पर्य पनि हुन् ‘निमेष’ !

जसले सानो उमेरमा नै एक सफल उपन्यास लेखहरुद्वारा नेपाली समाजमा भएको घटनाहरुलाई मूर्त रुप दिईरहेका छन् ।

आख्यान विधामा छिर्नुभन्दा पहिले पनि फुटकर कविता, गजल, कथा मुक्तकहरुमा कलमलाई डोर्याईरहने ‘निमेष’ भन्छन्, “मेरो साहित्यको बाटोमा सबैभन्दा ठुलो मान्छे भनेको मेरो आमा र बुवा हुन् ।”

साँच्चै ‘निमेष’ एउटा सफल साहित्यकार मात्र नभएर समाजमा एक उदाहरणीय ब्यक्तित्व पनि हुन् । जसले नेपाली साहित्यिक आकाशमा एक नौलो आयाम थपे ।

साहित्य त्यो चिज हो, जुुन, सबैले सजिलै रुपमा बुुझ्न सक्दैनन् ।

अनि साहित्यकार त्यो बन्छ, जोसँग एक अपार क्षमता छ, जुन् क्षमताले समाजलाई सु–मार्गमा डोर्याउने हैसियत राखोस् ।

यहिँ हैसियत राख्ने ‘निमेष’ एकपछि अर्को साहित्यिक चट्नीहरुलाई चखाउने क्रममा उनले फेरी पनि एक उत्कृष्ट उपन्यास लिएर आउँदै छन्, त्यो हो, ‘फेब्रुअरी–१४

उनी भन्छन्, “यसको त झन् १५ हजार बढि ‘प्री अर्डर’ छ ।”

भिडियो हेर्नुहोस् !

जनकपुरको सुन्दर प्रकृतिसँग खेल्दै जन्मिएका उनी, अहिले काठमाडौंको सफ्ट्वारिका कलेजको आईटी एण्ड ई–कमर्शको दोस्रो वषएमा अध्ययरत विद्यार्थी छन् ।

सानै उमेरमा आख्यान विधालाई रोजेर सफलताको पहिला खुड्किलो चढिसकेका ‘निमेष’ को कलेजहरुमा पनि तारिफ नभएको होईन ।

निमेषभरमै चोटिलो साहित्य सिर्जना गर्ने सक्ने उनको त्यो खुबीले त, उनी यो उमेरमा साहित्यको सगरमाथामा छन् ।

उनी भन्छन्, “जबसम्म श्वास फेर्छु, तबसम्म लेख्छु ।”

विशेषगरि युवाहरुको कथा लेख्ने उपन्यासकार ‘निमेष’जस्ता साहित्यकारहरुलाई नेपाली साहित्य अनि समाजले मागिरहेको छ ।

यो बेला धेरै ‘निमेष’हरुको आवश्यक्ता छ, नेपाली साहित्यलाई अनि समाजलाई !

प्रतिक्रिया दिनुहोस्