दिल्ली पुगेको विमान आकस्मिक काठमाडौंमा अवतरण



२५ माघ २०७५, काठमाडौं

काठमाडौंबाट १ सय ६ जना यात्रु बोकेर दिल्ली पुगेको नेपला वायुुुसेवा निगमको एयरबस ३२० खराब मौसमका कारण अवतरण गरी काठमाडौं फर्किएरको छ ।

निगमका प्रवक्ता नवराज कोइरालाका अनुसार दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको खराब मौसमका कारण विमान अवतरण हुन नसकेको हो । ‘आधी र हावाहुरीका कारण विमान काठमाडौं फर्किएको हो,’ उनले भने । बिहीबार बेलुकी अन्य थुप्रै उडान दिल्लीमा अवतरण हुन नसकेर फर्किएको थिए ।

आरएनए २१७ नम्बरको यो उडान बिहीबार बेलुकी साढे ५ बजे काठमाडौंबाट उडेको थियो । यो रुट एकतर्फी १ घण्टा ५० मिनेट हाराहारी समय लाग्छ विमान साँझ साढे ८ बजे काठमाडौंमै अवतरण भएको थियो । यो समाचार कान्तिपुरमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्