एनसेलले सरकारलाई दिनु पर्ने कर विवाद अन्तिम सुनुवाइमा



२३ माघ २०७५,काठमाडौं

गत सातादेखि सर्वोच्च अदालतमा विचाराधीन एनसेलको कर विवाद मुद्दामा एक पक्षबाहेक अधिकांशले सेयर बेचेर भागिसकेको कम्पनी टेलियासोनेरादे नै कर तिर्नुपर्ने बहस गरेका छन् ।

चार छुट्टा निवेदन जोडिएको मुद्दामा वस्र्जसचिव द्वारिकानाथ ढुंगेलको टोलीले मात्रै एनसेललाई कर तिराउनुपर्ने बहस गरेको छ । अरु सबै पक्ष्ँले कर तिर्ने दायित्व टेलियारोनेराको हुने भनी बहस गरेका छन् । मंगलबार पनि सुनुवाइ जारी गरहेको यो मुद्दामा बुधबार दुवै पक्षले ‘जवाफी बहस’ गर्नेछ ।

त्यसपछि इजलालसले सोही वा अर्को कुनै दिन निर्णय सुनायने छ । मुद्दा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहति न्यायाधीशहरु मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, डा. आनन्मोहन भट्टराई र टंकबहादुर मोक्तानको इजलालसमा सुनुवाई भइरहेको छ । यो समाचार आजको कान्तिपुरमा कृष्ण ज्ञवालीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्