तिमी र म सहवास बसौं…‘बुढा’ का कबिता !



२२ माघ २०७५, काठमाडौं

आउ प्यारी आउ
यो नयाँ सालको प्रारम्भमा तिमी र म
सहवास बसौं
अनि जन्माउँ केही थान कबिता गजल अनि
मुक्तकहरु

यत्रतत्र पारिदिउ हाम्रा सहवासका पोर्न भिडियो हरु
छ्याछ्यप्ती पारिदिउ हाम्रा सहलेखनका
आधुनिक कामसुत्रका माहाकाब्य, सिद्धान्त र साद्द्यहरु

सिकाई दिउ बर्षका सारा ऋतुहरुलाई
प्रेमका परिभाषा, अर्थ र परिधीहरु
सिकाई दिउ प्रेमका परिधिहरु
परिधी भन्द बहिरछन् !

प्यारी ,
आउनु तिमी पूरा
सृघारले ढाकेर आउनु
चुरा, टीका, गाजल, लालि, आदि–आदि
जे जे छन तिम्रा श्रृङ्गारका सामानहरु

तर….
ति श्रृङ्गारमा मेरा नाम हुन पाउने छैनन्
ति श्रृङ्गार सिर्फ तिम्रै नामक श्रृङ्गार हुनुपर्नेछ

आउ
प्यरी आउ सब गोष्ठी सेमिनार अनि बहसहरु
जहाँ तिम्रा एकलौटी पहिचानको कुराहरु उठाईएका छन्
जहाँ मेरो विर्यको उपहास गरिएका छन् ।
हो ति सब छोडेर आउ
अनि बनाउ हाम्रो प्रेमको पहिचान
हाम्रो (तिम्रो र मेरो) सामुहिक पहिचान

जहाँ तिम्रो बिन मेरो र मेरो बिनको पहिचानको
कुनै पहिचान नै होस्
आउ प्यारी आउ
यो अङ्ग्रेजी नयाँ साल सङ्गै मनाउ
आफनै प्रेमिल पारा मा ।

‘बुढा’ भोजपूर
हाल काठमाडौं, नेपाल

प्रतिक्रिया दिनुहोस्