अस्तव्यस्त स्ववियु, शैक्षिक मुद्दा छाडेर ठेक्कापट्टामा विद्यार्थी नेता



१९ माघ २०७५, काठमाडौं
काठमाडौं – त्रिवि नियमावलीमा स्वतन्त्र विद्यार्थी युनियन (स्वयियु)को निर्वाचन हरेक दुई दुई वर्षमा हुने उल्लेख छ । तर, त्रिविको कीर्तिपुरस्थित केन्द्रीय क्याम्पसलगायत धेरै विद्यार्थी रहेका अधिकांश क्याम्पसमा स्ववियु निर्वाचन नभएको १० वर्ष भइसक्यो । ०६५ पछि एकैचोटी ०७३ फागुनमा निर्वाचन मिति त तोकियो। तर निर्वाचन प्रणाली, उमेरहद  र निर्वाचज गर्ने कि नगर्ने विषयमा विद्यार्थी संगठनबीच विवाद चर्किएको त्रिविका ६० मध्ये ३४ क्याम्पसमा निर्वाचन हुने सकेन ।
बाँकी २६ क्याम्पसमा विवादबीच निर्वाचन भयो । तर, ती क्याम्पसका स्ववियु पनि विद्यार्थीका मुद्दामा प्रभावकारी बन्न सकेका छैनन् । अहिले त्रिविले १४ फागुनमा स्ववियु निर्वाचनको मिति तोकेर तयारीमा लाग्न क्याम्पसहरुलाई पत्र पठाएको छ । तर, विद्यार्थी स)गठनहरु भने निर्वाचनमा जाने नजाने विवादमा प्रवेश गरको छन् । यो समाचार आजको नयाँ पत्रिकामा वीरेन्द्र ओलीले लेखेका छन् ।
प्रतिक्रिया दिनुहोस्