सरकारको काम देखेर विश्व चकित छन् : प्रधानमन्त्री



दमक – प्रधानमन्त्री केपी शर्मा ओलीले देशले चालेको समृद्धिको पाइला एक कदम अघि बढेको बताएका छन् । बिहीबार झापाको मेची पुल उद्घाटन गर्दै उनले पुल निर्माणसँगै भारतमात्र नभई बंगलादेशसँग पनि नेपालले व्यापारिक कारोबार गर्न मद्दत पु-याउने बताए ।

भारतको बंगाल, बिहार राज्यसँग जोडिने सो पुल पटक पटक शिलान्यास भए पनि बन्न सकेको थिएन् । अन्तिम पटक तत्कालीन भौतिक योजना तथा पूर्वाधारमन्त्री विजयकुमार गच्छदारले पुलको शिलान्यास गरेका थिए ।
७ दशकपछि भद्रपुरमा ५६० मिटर लामो मेची पुल निर्माण भएको हो । शिलान्यास गरेको ९ वर्षपछि मात्र पुल निर्माण सकिएको छ । सो पुलबाट १३ किलोमिटर दुरीमा बंगालदेश पुग्न सकिन्छ । पुल निर्माणका लागि ३७ करोड ३६ लाख ८५ हजार ५६३ रुपैयाँ लागत रहेको छ ।

एक वर्षमा आफूले गरेका कामले विश्व आश्चर्यचकित भएको उनले दाबी गरेका छन् । आफूले एक वर्षमा गरेको काम असाधारण भएको दाबी गरेका प्रधानमन्त्री अ‍ोलीले ती कामको विवरण विश्व मञ्चसम्म पुर्याएको जिकिर गरे । यो समाचार आजको कारोबार दैनिकमा मनिषा चम्लागाइँले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्