भएका रंंगशाला सबै अलपत्रः सरकारी लागतमा बनिरहेका परियोजना अस्तव्यस्त राखेर प्रधानमन्त्रीको साथ धुर्मुस–सुन्तलीलाई



१८ माघ २०७५, काठमाडौं

सरकार प्रमुखको उपस्थितिमा सामाजिक अभियन्ता जोडीले अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न क्रिकेट रंगशाला बनाउने घोषणा गरिरहँदा सरकारकै लगानीमा करिब डेढ दशकअघि सुरु गरिएको मूलपानीको क्रिकेट रंगशाला भने अलपत्र छ । यो समाचार आजको कान्तिपुर दैनिकमा कुशल तिमल्सिनाले लेखेका छन् ।

सरकारी लागतमा बनिरहेका परियोजना अस्तव्यस्त राखेर प्रधानमन्त्री केपी शर्मा ओलीले एकीकृत बस्ती निर्माण गरेर जनस्तरबाट व्यापक सरहना बटुलिरहेका कलाकार जोडी सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को संकल्प साकार पार्ने आश्वासन सगर्व राखेका छन् ।

५ वर्षअघि पुननिर्माण थालिएको सरकारको पूरै लगानी रहने त्रिपुरेश्वरस्थित दशरथ रंगशाला अझै ठडिन सकेको छैन । अस्तव्यस्त अवस्थामा छ ।

प्रतिक्रिया दिनुहोस्