डा. केसीसँग वार्ताको पहल नहुँदा चिकित्सक आन्दोलित



१८ माघ २०७५, काठमाडौं

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले आमरण अनशन थालेको बिहीबार २३ दिन पुगेको छ । सरकारले पन्ध्रौँ अनशनका क्रममा आफूसँग गरेको सम्झौता उल्लघंन गरेको भन्दै डा. केसीले गत पुस २५ गतेदेखि सोह्रौँ अनशन सुरु गरेका हुन् ।

डा. केसीसँग सहमति विपरीत प्रतिनिधिसभा र राष्ट्रियसभाबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएको छ । डा. केसीको स्वास्थ्य अवस्था उच्च जोखिममा पुग्दासमेत उनको जीवन रक्षाका लागि सरकारले चासो देखाएको छैन ।

सरकारले अनशनको २३ औँ दिन नाघ्दा पनि डा. केसीसँग वार्ता गर्न वार्ताटोली गठन गरेर मानवीय संवेदना देखाउन सकेको छैन । डा. केसीसँग सरकारले वार्ताटोली गठन गरेर औपचारिक रुपमा वार्ता गरेको रेकर्डसमेत यो अनशनमा तोडिएको छ । यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्