पारसलाई भेटेर पूर्वरानी कोमल सिमरा फिर्ता, हिमानी नेपाल आइनन्



१७ माघ २०७५, काठमाडौं

छोरा पारसको स्वास्थ्य स्थितिबारे जानकारी लिन काठमाडौँ आउनुभएकी पूर्वरानी कोमल शाह सिमरा फर्कनुभएको छ । ३ दिनअघि अचानक तेस्रोपटक हृदयघात भएपछि थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा भर्ना भएका पारसको स्वास्थ्यस्थिति सुधारोन्मुख हुँदै गएपछि उहाँ बुधबार दिउँसो सिमरा फर्कनुभएको हो । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

पूर्वराजा ज्ञानेन्द्रका निजी सचिव सागर तिमल्सिना र प्रभु शमशेरकी पत्नी राजी शमशेर राणाका साथमा काठमाडौँ आउनुभएकी उहाँ ४ बजे बुद्ध एयरको जहाजबाट सिमरा जानुभएको हो ।

कोमलको कारगेट बुधबार बिहानै सिमरा हिँडेको थियो । अध्ययनको सिलसिलामा थाइल्याण्ड बस्दै आएकी दुई छोरी पूर्णिका र कीर्तिकाका साथमा रहनुभएकी पारसपत्नी हिमानी भने नेपाल फर्कनुभएको छैन ।

प्रतिक्रिया दिनुहोस्