कोसी ब्यारेज निर्माण सम्झौता भएको ६३ वर्षदेखि मुआब्जाको लडाई



१६ माघ २०७५,उदयपुर

नेपाल भारतबीच कोसी ब्यारेज निर्माण सम्झौता भएको ६३ वर्ष बितिसक्दा पनि पीडितले मुआब्जा पाएका छैनन् । कोसीमा बाँध निर्माण गर्दा स्थानीयको जग्गालाई क्षति पुग्ने भएपछि दुई देशबीच पीडितलाई क्षतिपूर्ति दिने सहमति भएको थियो ।

कोसीपीडितहरु ६३ वर्षदेखि मुआब्जा पर्खाइमा छन् । नेपालमा २२ जना प्रधानमन्त्री फेरिए पनि सम्झौता कार्यान्वयन नभएको स्थानीयको गुनासो छ । कोसी ब्यारेज बनाउन २०१२ जेठ १५ मा सम्झौता भएको थियो ।
‘मुआब्जाका लागि आवाज उठाउँदै तीन पुस्ता बित्यो,’ बेलका २ का ५४ वर्षीय सूर्य बस्नेतले भने, ‘हाम्रो माग कसैले सुनेनन् । मेरा बुवाले मुआब्जा माग्दै आन्दोलन गर्नु भएको थियो । मैले पनि त्यही गरेँ । छोरो यसकै लागि लडाइँ गर्दै छ ।’ याे समाचार अन्नपूर्णमा भरत खड्काले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्