रुकुममा मदिरा व्यवसायका लागि १ अर्ब लगानी’



१४ माघ २०७५, काठमाण्डौ

रुकुमको मदिरा व्यवसायीमा ठुलो मात्रामा लगानी गरिएको पाइएको छ । मदिरा व्यवसायी संघ रुकुम पश्चिमका अनुसार जिल्लामा १ अर्ब बढीको मदिरा व्यवसायीमा लगानी गरेको बताइएको छ ।

मदिरा व्यवसायी संघ रुकुम पश्चिमका अध्यक्ष नवीन खड्काका अनुसार जिल्लामा ७ सय २५ जना व्यापारीले मदिरा व्यवसायीका लागि अनुमति दिएका छन् । जसमा १५ वटा आधिकारी बिक्रेता छन् भने ५० वटा होलसेल व्यापारी छन् । यी ५० वटा रुकुमका भ्याट कारोबारी हुन भने अन्य पाना नम्बर लिएर मात्र व्यवसाय गर्दै आएका छन् ।

‘पछिल्लो समयमा मदिरा व्यवसाय छोडेरपनि यस व्यवसायमा लागेका धेरै छन्,’ संघका अध्यक्ष खड्काले भने, ‘उदारो नदिएर नगतमा कारोबार गर्ने हो भने फाइदामूलक व्यापार पनि राम्रै छ ।’ याे समाचार मेगराज खड्काले काराेबार दैनिकमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्