गतिहीन विद्यार्थी आन्दोलन : अखिल र अखिल क्रान्तिकारी अलग-अलग



१२ माघ २०७५, काठमाडाैं

पञ्चायतकालमा विद्यार्थी संगठन पार्टीभन्दा प्रभावकारी थिए । पार्टीको विचार प्रवाहमा पहिलो र प्रभावकारी सारथि थिए, विद्यार्थी संगठन । गणतन्त्र प्राप्तिको आन्दोलनमा पनि पहिलो मोर्चामा उभिएर नारा घन्काउँदै सुरक्षाकर्मीको काँडेतार तोड्ने विद्यार्थी नै थिए ।

ती विद्यार्थी संगठन अहिले पनि छन्, तर धारविहीन । न उनीहरूको विचारको धार चोटिलो छ। न सांगठनिक नक्सा मजबुत छ। उतिवेला कुनै पनि राष्ट्रिय मुद्दामा देश उचाल्न सबल विद्यार्थी संगठन अहिले आफैँ भत्किएका छन् ।

अखिल र अखिल क्रान्तिकारी अलग-अलग र गतिहीन
तत्कालीन एमाले र माओवादी केन्द्र एकता भएको ८ महिना भइसक्यो । तर, एमालेनिकट विद्यार्थी संगठन अखिल र माओवादीनिकट अखिल क्रान्तिकारी बेग्लाबेग्लै अस्तित्वमा छन्, तर गतिविहीन । हिजो पार्टीको एजेन्डा स्थापित गराउन लड्ने विद्यार्थी कोही सत्तामा पनि पुगेका छन्, कोही राजनीतिबाटै निष्क्रिय छन् । अहिलेका नेता एजेन्डा र दिशाविहीन छन् ।

‘विगतमा विद्यार्थी संगठनले व्यवस्था परिवर्तनसँगै राष्ट्रियताको विषयमा संघर्ष गरे,’ अखिल क्रान्त्रिकारीका अध्यक्ष रञ्जित तामाङले भने, ‘बदलिएको परिस्थितिमा विद्यार्थी संगठनको आन्दोलनको स्वरूप मात्र परिवर्तन भएको हो । विद्यार्थी संगठनको एकता टुंगो नलाग्दा प्रभावकारी काम गर्न सकिएको छैन ।’ याे समाचार नयाँ पत्रिकामा वीरेन्द्र ओली र रमेश सापकोटाले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्