धामीझाँक्री नै छाउगोठ भत्काउन अग्रसर



१२ माघ २०७५, बाजुरा

पाण्डसैन अगाउँपानका जय रोकाया मष्टा देवताका धामी हुन् । रोकायाले छाउ (महिनाबारी) लाई धार्मिक आस्थासँग जोड्ने गर्थे । महिनाबारी हुनु दैवी शक्तिको खेल हो, धामीझाँक्री तथा देवताका अनुयायीले छाउ हुँदा महिललाई छुन हुँदैन भन्ने विश्वास रोकायासँग थियो ।

छाउ हुँदा महिलालाई घरमा सुताउनु धर्म विरोधी काम हो भन्ने मान्यता रोकायाको थियो । तिनै रोकाया अािहले छाउगोठ भत्काउन लाग्छन् भने स्थानीयले सोतेका पनि थिएनन् । आमासहित दुई छोराको छाउगोठमा मृत्यु भएपछि रोकाया आफै गोठ भत्काउन सक्रिय छन् ।

बुढीनन्द नगरपालिकाको छाउगोठ नभत्काउने र कुप्रथालाई मान्यता दिने परिवारलाई सबै प्रकारका सुविधाबाट वञ्चित गर्ने निणर्यलाई उनीहरुले सहज स्वीकार गरेका छन् । रोकायासँगै घटाल देवताका धामी हरिलाल रोकाया पनि छाउगोठ भत्काउन सक्रिय भएका छन्् । यो समाचार नागरिक दैनिकमा कृष्ण ओलीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्