वाइड बडीको ७० करोड किस्ता तिर्नु पुगेन



११ माघ २०७५, काठमाडौं

नेपाल वायुुसेवा निगमले दुई वाइड बडी विमान खरिदमा लिएको ऋणको पुस मसान्तमा साँवा व्याज गरी तिर्नु पर्ने ८० करोड रुपैयाँ किस्तामध्ये १० करोड मात्र बुझाएको छ ।

निगमले वाइड बडी जहाजलाई योजनाअनुसार उडाउन नसेकपछि आम्दानी नहुँदा किस्ताको ७० करोड रुपैयाँ तिर्न नसकेको हो ।

निगमले दुई वाइड बढी विमान खरिद गर्न कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट १२-१२ अबै रुपैयाँ ऋण दिएको थियो । यसमा सरकार जमानी बसेको छ । यो समाचार आजको नागरिक दैनिकमा खिलक बुढाथोकीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्