लोपउन्मुख जाति राउटेको जनसंख्या घट्दै



११ माघ २०७५, दैलेख

पश्चिम नेपालमा फिरन्ते जीवन बिताउँदै आएका राउटे राउटे समुदायका नागरिकलाई दैलेखको गुँरास गाउँपालिकाले पहिलो पटक २०७५ असार ३० गते स्थानी परिचयपत्र दियो । त्यतिबेला राउटेको जनसंख्या एक सया ४९ थियो । पुसको अन्त्यतिर उनीहरुको भत्ता वितराण गर्दा निकालिएको तथ्यांकका आधारमा एक सय ४५ जनालाई भत्ता वितरण गरियो ।

२०४० सालमा पहिलोपटक गरिएको गणनामा राउटेको जनसंख्या ३ सय हाराहारीमा थियो । २०६५ सालमा गरिएको अर्को गणनाअनुसार राउटेको जनसंख्या एक सय ६६ मा झरेको देखियो । यो समाचार आजको कान्तिपुरमा गोविन्द केसीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्