राखी सावंतको प्रस्तुती बिराटनगरमा



१० माघ २०७५, इटहरी

भारतीय चलचित्र क्षेत्रकी टप मोडल राखी सावंतलाई नेपाली दर्शकले बिराटनगरमा देख्न पाउने भएका छन् । बिराटनगरमा हुने एकदिने अन्तर्राष्ट्रिय म्युजिक महोत्सवमा नायिका तथा मोडल राखि सावंत लगायतको प्रस्तुति रहने गरी एक दिने अन्तर्राष्ट्रिय म्युजिक महोत्सव आयोजना गर्न लागिएको आयोजक मिस्टी डान्स गाइजले इटहरीमा पत्रकार सम्मेलन गरि जानकारी गराएको छ ।

ग्लोवल ड्रिम्सको व्यवस्थापनमा गरिने महोत्सवमा भारतीय कलाकारहरुका साथै नेपाली कलाकारहरुको प्रस्तुति रहने आयोजक संस्थाका समिल अन्सारीले जानकारी दिए । एक दिने महोत्सवमा गीत, नृत्य तथा फेसन शो साथै अतिथी कलाकारहरुको प्रस्तुति गरी कुल ४ घण्टाको कार्यक्रम रहने वताउँदै अन्सारीले महोत्सवको आकर्षणका रुपमा भारतीय नायिका राखी रहेको समेत पत्रकार सम्मेलनमा जानकारी दिए ।

गोपाल फन पार्क विराटनगरमा आयोजना गरिने महोत्सवको लागत ४० लाख लाग्ने अनुमान गरिएको तथा ४ हजार टिकट विक्री गर्ने लक्ष्य रहेको समेत वताइयो । पत्रकार सम्मेलनमा महोत्सव व्यवस्थापनको जिम्मा पाएको ग्लोवल ड्रिम्सका सरोज कार्की लगायतले महोत्सवका विषयमा पत्रकारहरुलाई जानकारी  दिएका थिए । महोत्सव प्रवेशका लागि एक हजार र दुई हजार टिकट शुल्क राखिएको समेत सो अवसरमा जानकारी दिइयो ।

प्रतिक्रिया दिनुहोस्