युरोपेली वायुले हिउँदे झरीसँगै हिमपात



१० माघ २०७५, काठमाडौं

भू–मध्यसागर हुँदै भित्रिएको युरोपेली वायुको प्रभावले देशैभरि वर्षा र हिमपात भएको छ । यो क्रम अझै केही दिन दोहोरिने भएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

आज बिहीबार मौसम केही सुधार आए पनि भोलि शुक्रबार फेरि अधिकांश भेगको मौसम प्रभावित बन्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

‘शुक्रबार धेरै ठाउँको मौसम प्रभावित बन्ने गतिविधि विकास भइरहेको छ, हल्कादेखि मध्यमस्तको वर्षा दोहोरिने भएको छ ।’ महाशाखाका मौसमविद् सुजन सुवेदीले बुधबार साझँ नेपाल समाचारपत्रसँग भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्