पुनस्र्थापना केन्द्रमा शंकास्पद मृत्यु, शारीरिक यातना दिएर हत्या गरेको परिवारको आरोप



१० माघ २०७५, काठमाडौं

ललितपुरको महालक्ष्मी–४ स्थित एक पुनस्र्थापना केन्द्रमा शारीरिक यातनाका कारण सेवाग्राहीको मृत्यु भएको पाइएपछि प्रहरीले सञ्चालकसहित दुईजनालाई पक्राउ गरेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

सोलुका २८ वर्षीय छिरिङ ग्याल्जेन शेर्पा र झापा विर्तामोड– ४ का ४८ वर्षीय सुनील खड्का क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार सुधार केन्द्रमा दोलखा वैतेश्वर–६ नाम्दुका ४३ वर्षीय सीताराम घिमिरेको मृत्यु भएको हो । लागुऔषध सेवनबाट छुटाउन उनलाई परिवारका सदस्यले ३ माघमा पुनस्र्थापना केन्द्रमा भर्ना गरेका थिए । उनको ६ माघमा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्