१ जना शिक्षकले पढाउँछन्, एक सय १४ विद्यार्थी



०९ माघ २०७५,  रूकुम

रुकुम पूर्वको एक विद्यालयमा एक सय १४ विद्यार्थीका लागि १ जना मात्र शिक्षक छन् । सिस्ने गाउँपालिका, ४ काँडास्थित प्रगति आधारभूत विद्यालय एक जना शिक्षकको भरमा चलिरहेको छ ।

५ कक्षासम्म संचालनमा रहेको उक्त विद्यालयमा दुई जना राहत शिक्षक कार्यरत रहेकामा एक जना शिक्षकले राजीनामा दिएको एक महिना पुगिसक्दा पनि पदपूर्ति हुन सकेको छैन । यो समाचार आजको नेपाल समाचार पत्रबाट लिएको हो ।

प्रतिक्रिया दिनुहोस्