कर्मचारी समायोजनको असरले एसईई परीक्षा बोर्ड नै अन्योलमा



०६ माघ २०७५, काठमाडौं

कर्मचारी समायोजनको गम्भीर असर यस वर्षको एसईई परीक्षामा पर्ने देखिएको छ । समायोजनका लागि आवेदन दिएका कर्मचारी अन्यत्र जाने भएपछि परीक्षामा समस्या पर्न थालेको हो ।

समायोजनाको चर्चासँगै कर्मचारी अलमल पर्दा कति विद्यार्थीले कुन विषयमा परीक्षा दिने हो भन्ने विषयमा अहिलेसम्म कुनै तथ्याङ्क तयार हुन सकेको छैन ।

अधिकांश कर्मचारी समायोजन फारम भरेर अन्यत्र सरुवा सम्भावना देखेपछि राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षाको प्रक्रिया पूरा नभएसम्म परीक्षा नियन्त्रण कार्यालयमा सबै कर्मचारी यथावत राख्नु पर्ने आवाज उठाएको छ । यो समाचार आजको नेपाल समाचार पत्रबाट लिएको हो ।

प्रतिक्रिया दिनुहोस्