सरकारी सुविधा लिनेको छोराछोरी सार्वजनिक स्कुलमै पढ्नुपर्ने



०५ माघ २०७५, काठमाडौं

सरकारी कोषबट तलब सुविधा लिनेका छोराछोरी अनिवार्य रुपमा सार्वजनिक विद्यालयमा बढ्नुपर्ने व्यवस्था गर्न उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले सरकारलाई सिफारिस गरेको छ ।

आयोगले सरकारी सेवा सुविधा लिने जनप्रतिनिधि, कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमै पढ्नुपर्ने व्यवस्था गर्न सुझाव दिएको हो । त्यससम्बन्धी कानुनी व्यवस्था गर्न आयोगको जोड छ ।

आयोगले सार्वजनिक शिक्षा सुधार गर्न निजी विद्यालयलाई सेवामूलक संस्था बनाउने प्रस्ताव पनि गरेको छ । कान्तिपुर दैनिकको शनिबारको अंकमा प्रथम पृष्ठमा विस्तृतमा खबर छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्