सुष्मिताले पोल्टो भरि मायाँ कसेँ पछि (भिडियो सहित)



०३ माघ २०७५, काठमाडौं

खोटाङकी दृष्टिविहीन गायिका सुष्मिता राई नयाँ गीत लिएर आएकी छिन् । गायन प्रतिभाकी धनी राईले ‘पोल्टोभरि कसेँ माया, कोल्टो फेर्दा सर्यो कठै’ बोलको गीत लिएर आएकी हुन् ।

गीत जीवन मुकारुङले लेखेका हुन् उक्त गीतमा संगीत वसन्त मुकारुङले भरेका छन् । नर्वु शेर्पाको एरेन्ज रहेको गीतको रेकर्ड तथा मिक्सिङ मुस्कान मुकारुङले गरेका छन् ।

उक्त गीतको स्टुडियो भिडियो समेत बनेको छ । भिडियोको छायांकन एवम् सम्पादन गीतकार जीवन आफैको रहेको छ । अञ्जु पन्तको स्वर हुबहु गाएर गायन क्षेत्रमा प्रवेश गरेकी गायिका राई अहिले साङ्गीतिक क्षेत्रमा व्यस्त हुन थालेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्