बालबालिकाको अध्ययन गृह निर्माणको लागि रवि ओडले गरे आर्थिक सहयोग, यसरी खुसी भए स्थानीय बासिन्दा (भिडियो सहित)



२७ पुष २०७५, काठमाडौँ

नेपाल आइडल सिजन २ को ताज जितेसँगै पहिलो सांगीतिक कार्यक्रम जापानमा सकेर केहि दिन अगाडी मात्र नेपाल आएका रवि ओड यतिबेला आफ्नो गृहजिल्ला पुुगेका छन् । उनको गृहजिल्लामा भव्यसँग स्वागत गरिएको छ । रविले आफूलाई भोट गरेर नेपाल आइडलको विजयी बनाइदिने सबैलाई हात जोडेर धन्यवाद दिए ।

रवि निकै सहयोगी मान्छे हुन् । उनले आफूभन्दा ठूला मानिसलाई सधैँ सम्मान र सहयोग गर्ने गर्छन् । रविले आइडल जितेपछि कैलाली जिल्लामा बन्दै गरेको विद्यालयको लागि ३० हजार सहयोग गरेका छन् । उनले सहयोग गरेको देखेर त्यहाँका स्थानीय बासिन्दाले रविलाई धेरै धन्यवाद दिए । रविलाई देखेर सबैजना निकै खुसी पनि भएका थिए ।

रविले आइडल जितेपछि अझै यो भन्दा धेरै राम्रो प्रस्तुती दिएर दर्शकलाई खुसी बनाउने बताएका छन् । अब उनी सांगीतिक कार्यक्रमका लागि चाडैँ नै अन्य मुलुकमा पनि जान्छन् । रवि कैलालीको बन्दै गरेको विद्यालयमा पुग्दा निकै खुसी भएका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्