निरुताले हात झिकेपछि विकासको ‘हजार जुनी सम्म’ मा सञ्चिताको इन्ट्रि



 

२७ पुष २०७५, काठमाडौँ

नायिका निरुता सिंह धेरै बर्षपछि नेपाली चलचित्रमा भित्रिएकी छिन् । त्यसैले पनि उनको चर्को डिमाण्ड छ । यतिबेला उनी चलचित्र दाल, भात, तरकारी मा व्यस्त छिन् । यो चलचित्रका लागि उनले अन्य धेरै चलचित्र छोडेकी पनि छिन् । उनी अहिले छायांकन भैरहेको चलचित्र हजार जुनी सम्म मा पनि काम गर्ने कुरा थियो । तर निरुताले विकासको चलचित्रबाट हात झिकेकी छिन् ।

निरुताले आफूले नभ्याएर उक्त चलचित्र छोडेको बताएकी छिन् । निरुताले छोडेपछि चलचित्रमा नायिका सञ्चिता लुईटेल अनुबन्धित भएकी छिन् । सञ्चिताले यो भन्दा अगाडी विकाससँग चलचित्र नाई नभन्नु ल ३ मा काम गरेकी थिइन् ।

त्यसबेला नायिका सञ्चिता र विकासको  झगडा भएको हल्ला चलेको थियो । तर अब फेरि यी दुईको झगडा मिलिसकेको बुझिएको छ । अब सञ्चिता चाडैँ चलचित्रको छायांकनका लागि सिक्किम जाने भएकी छिन् । चलचित्रमा सञ्चिताको जोडीको रुपमा अभिनेता उत्तम प्रधान देखिने भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्