चर्चित झक्कड थापाको पहिलो म्यूजिक भिडियो सार्वजनिक, (भिडियो सहित)



२७ पुष २०७५, काठमाडौँ

नेपाल आइडल मा आएका प्रतिस्पर्धीमध्ये दर्शकले विर्सनै नसक्ने एक नाम हो, झक्कड थापा । विशेषगरी दर्शकले झक्कडको गीतलाई भन्दापनि धेरै उनको कमेडी पक्षलाई रुचाएका थिए । पछि फेरि उनी उनको पारिवारिक स्थितिका कारण चर्चामा आएका थिए । झक्कडले आफ्नै आवाजमा रहेको पहिलो गीत सार्वजनिक गरेका छन् ।

भुपेन्द्र बुढाथोकीको शब्द र गोविन्द मादुर आचार्यको संगीत रहेको गाउन्या हुँ नाच्न्या हुँ बोलको गीतमा झक्कड थापाको आवाज रहेको छ । उक्त गीतमा झक्कड थापालाई नै फिचरिङ गराइएको छ । यो झक्कडले मोडलिङ पनि गरेको पहिलो गीत हो । निकै रमाईलो शैलीको गीतमा झक्कडको वास्तविक कथालाई वर्णन गर्न खोजिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्