गाउँपालिकाको विवाद सिंहदरबारसम्म आइपुग्यो



२७ पुष २०७५, काठमाडौं

गाउँपािलका केन्द्र मिलाइदिन भन्दै जाजरकोटको एक गाउँपालिकाका जनप्रतिनिधि सिंहदरबार पुगेका छन् । निर्वाचित भएको डेढ वर्षसम्म पनि केन्द्रको विवाद मिलाउन नसकेपछि जुनीचाँदे गाउँपलिकाका जनप्रतिनिधि र दलका नेताहरु काठमाडौं  पुगेका हुन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

आफूले भनेको ठाउँमा केन्द्र हुनुपर्ने भन्दै दुई खेमाम विभाजित जनप्रतिनिधि र दलका नेताहरु काठमाडौं गएर पनि विवाद गर्न थालेका छन् । जाजरकोटबाठ निर्वाचित सांसद तथा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतको कार्यकक्षमा दुई तीन पटक बैठक गरे पनि सहमति हुन नसकेको कांग्रेस जाजरकोटका उपसभापति तथा स्थानीय सर्पराज रावतले बताए ।

काठमाडौंमा भएका जाजरकोटका सांसद दलका नेता र स्थानीय तहका जनप्रतिनिधिहरुले तीन दिनदेखि पहल गरे पनि केन्द्र विवाद मिल्न सकेको छैन । स्थानीय तह घोषणा गर्दा सरकारले जुनीचाँदे गाउँपािलकिाको केन्द्र सानाखोला तोकेको थियो ।

सरकारले सुरुमा तोकेकै ठाउँमा गाउँपालिका केन्द्र हुनुु पर्ने एक थरी जनप्रतिनिधिको माग छ भने गाउँसभाको बहुमतको आधारमा केन्द्र अर्को पक्षको माग रहेको छ । चुनाव सकिएको ६ महिनाभित्र गाउँपालिकाको केन्द्र तोकिए गाउँसभाको सामान्य बहुमतले निर्णय गर्न सकिने प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस्