निर्मला हत्याकाण्डः बाबु यज्ञराजले डीएनए परीक्षणका लागि रगत दिएको भन्दै आमालाई कुटे



२७ पुष २०७५, महेन्द्रनगर

बलात्कारपछि हल्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तकी आमा दुर्गादेवीलाई उनका बुवा यज्ञराजले कुटपिट गरेका छन् । सरकारले घोषणा गरको राहत रकम लिन तयार र डीएनए परीक्षणका लागि रगतको नमुना दिएको भन्दै यज्ञराजले बिहीबार कुटपिट गरेको दुर्गादेवीले बताएकी छिन् । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

भीमदत्त नगरपालिका– २ उल्टाखामास्थित घरमा बिहीबार बिहान खाना बनाइरहेका बेलामा एक्कासी आएर यज्ञराजले कुटपिट गरेको दुर्गादेवीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘दुवै छोरी स्कुल गएका थिए, यज्ञराजले मेरो घाँटी च्यापेर मलाई नसोधेरै रगत दिने अनि राहत बुझ्ने भन्दै कुटपिट गर्यो ।’

प्रतिक्रिया दिनुहोस्