
२६ पुष २०७५, काठमाडौँ
बलिउड नायिका एश्वर्या राय बलिउडकी निकै सुन्दर र चर्चित अभिनेत्री हुन् । त्यतिमात्र उनी एकदमै राम्रो डान्स पनि गर्छिन् । उनी बच्चन परिवारकी बुहारी हुन् । यतिबेला सामाजिक सञ्जालमा एश्वर्याको एक हन्तवार्ता निकै चर्चित छ । जहाँ उनले आफ्नो अतितका केहि कुरा खोलेकी छिन् ।
एक अन्तवार्तामा एश्वर्यालाई उनलाई सबैभन्दा धेरै आफूलाई गरेको मन नपर्ने कमेन्ट के हो भन्ने प्रश्न गरिएको थियो । जसको उत्तर दिन एश्वर्याले कत्तिपनि समय लगाइनन् । उनले झटपट प्लाष्टिक, नक्कली भनिन् तर उनले उक्त कमेन्ट कसले गरेको थियो भनेर चाँिह भनिन् । तर उनले त्यति भन्ने बित्तिकै सबैले सजिले उनलाई त्यस्तो कमेन्ट कसले गरेको थिए भनेर सम्झिहाले ।
केहिसमय अघि करणको शो मा बलिउड अभिनेता इमरान हास्मिलले एश्वर्याको बारेमा भन्नु भन्दा नक्कली, प्लाष्टिक भनेका थिए । तर इमरानले आफूले उक्त कुरा मजाकमा भनेको बताएका छन् । तर एश्वर्यालाई उक्त कमेन्टले निकै नराम्रो असर गरेको छ । उनले उक्त कमेन्ट आफूले कहिले बिर्सन नसक्ने र बारबार त्यो कमेन्ट आफूलाई बिझाउँने बताएकी छिन् । त्यसैकारण उनले इमरानसँग कहिले काम नगर्ने कसम खाएको स्रोतले बताएको छ ।





