बलिउड नायक ऋतिकको जन्मदिनमा उनकी पूर्वपत्नीले लेखिन् यस्तो भावुक स्टाटस



२६ पुष २०७५, काठमाडौँ

बलिउड नायक ऋतिक रोशन आज आफ्नो ४५ औँ जन्मदिन मनाइरहेका छन् । आज उनको जन्मदिन भएकाले पनि उनका फ्यानहरुले उनलाई शुभकामनाको ओइरो लगाइदिएका छन् । ऋतिक रोशन आजबाट ४५ बर्षका भएका छन् । उनको जन्मदिनको अवसरमा उनकी पूर्वपत्नी सुजेन खानले सामाजिक सञ्जालमा निकै भावुक स्टाटस लेखेकी छिन् ।

स्मरण रहोस् ऋतिक र सुजेनले सन् २०१४ मा नै सम्बन्ध विच्छेद गरिसकेका छन् । तरपनि उनीहरु कहिलेकाही एकअर्कासँग समय बिताउने गर्छन् । ऋतिककी पूर्वपत्नीले यस्तो स्टाटस लेखेकी छिन्, ‘संसारमा मेरा सबैभन्दा राम्रा साथीलाई जन्मदिनको अनगिन्ती शुभकामना । यो शक्ति सधैं तिमीसँग रहनेछ ।’

उनको उक्त भावुक स्टाटसलाई उनका र ऋतिकका फ्यानले निकै रुचाएका छन् । डिभोर्स भैसकेकै भएपनि उनीहरुबीच माया रहेको यो स्टाटसबाट बुझ्न सकिन्छ । पछिल्लो समयमा यी दुईको पुनः विवाह हुने बताइएको थियो । तर दुवैले यो कुरालाई अस्वीकार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्