चर्चित लोकदोहोरी गायक खुमन अधिकारी र मेलिना राईको नयाँ गीत रिलिज



२६ पुष २०७५, काठमाडौँ

भर्खरै मात्र बजारमा चर्चित लोकदोहोरी गायक खुमन अधिकारी र अहिलेको समयमा युवापुस्ताकी ढुकढुकी बनेकी गायिका मेलिना राईको नयाँ गीत सार्वजनिक भएको छ । मेलिनाको आवाज हरेक प्रकारका गीतमा सुट हुने भएकाले उनले जताततै खोजी हुने गर्छ । उनले खुमन अधिकारीसँग पहिलोपटक गीत गाएकी हुन् ।

देवी प्रसाद खनालको शब्द र खुमन अधिकारीकै संगीत रहेको गीतमा खुमन अधिकारी र मेलिना राईको आवाज रहेको छ । उक्त गीतमा चर्चित नायिका तथा मोडल नम्रता सापकोटा र उमेश श्रेष्ठलाई फिचरिङ गराइएको छ । लोक शैलीको गीतलाई शिव वि.क ले कोरियोग्राफी गरेका हुन् ।

 

 

प्रतिक्रिया दिनुहोस्