सांसदले पीएको तलब आफैं लिन थालेपछि, पीएको खाता खोल्न सुरु



२५ पुष २०७५, काठमाडौँ

सांसदले पीएको तलब आफैं बुझेर प्रयोग गर्ने गरेको समाचार सार्वजनिक भएपछि संसद् सुविधा व्यवस्था शाखाले पीएको खाता खोल्न शुरु गरेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

यसका लागि फाराम भराउन थालिएको र सांसद नै पीए लिएर फारम भर्न आउने गरेको उक्त शाखाका उपसचिव रामकुमार पौडेलले जानकारी दिनुभयो । उहाँले सकेसम्म यसपालिदेखि पीएको तलब बैंक खातामा पठाउने प्रयास गरिएको बताउनुभयो । सिंहदरबारभित्रै रहेको एभरेस्ट बैंकसँग सचिवालयको कारोबार हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्