दीपक मनाङेको शपथ नहुने



२३ पुष २०७५,पोखरा

मनाङ खबाट निर्वाचित राजीव गुरुङ (दीपक मनाङे)ले प्रदेशसभा सदस्यको शपथ लिन नपाउने भएका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीले राजीवलाई शपथ नगराउने निर्णय आइतबार लिएका हुन् ।

ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा थुनामा रहेका राजीव सर्वोच्च अदालतको आदेशमा पुस ६ गते रिहा भएका थिए ।

उनले प्रदेशसभा सदस्य निर्वाचित भएको भनेर निर्वाचन आयोगबाट प्राप्त प्रमाणसहित शपथका लागि पुस ११ गते निवेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्