
१९ पुस २०७५, काठमाडौं
ब्लिउड किङ्ग सलमान खानकी बुहारी आईटम डान्सर मलाईका अरोडा र नायक अर्जुन कपुरको विचको निकटता यसै वर्षको न्यू ईयर पार्टीमा झल्किएको छ । यो जोडी सञ्जय कपूरको पार्टीमा सँगै पुगेका थिए ।अर्जुन र मलाइकाले एक अर्काको हात थामेरै पार्टीमा पुगेका थिए ।

मलाईले यसअघि सलमानका भाई अरबारजसँग आफ्नो १९ बर्षे बैवाहिक यात्रा टुङ्गयाएका थिए । सन् २००२ मा मलाईकाले छोरा अरहानलाई जन्म दिएकी थिईन् । जो अहिले १६ बर्षका समेत भईसकेका छन् ।

१ बर्षअघि सम्बन्धविच्छेद गरेकी मलाईकाले नायक अर्जुन कपुरसँगको प्रेम सामिप्यताका कारण नै खान परिवारसँग छुट्टिएको बलिउड बृत्तमा चर्चा चलेको थियो । अहिलेसम्म यो जोडीले प्रेम सम्बन्धका बारेमा नबोलेपनि पछिल्लो केही समयदेखि यो जोडी विभिन्न कार्यक्रमहरुमा सँगै देखिदै आएका छन् ।

यो जोडीले नयाँ वर्ष २०१९ मा पनि जमेर रमाइलो गरेका छन्, जसको केही तस्वीरहरु बाहिर आएको छ ।





